काठमाडौँ- नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन्।
सेबोन अध्यक्षका लागि ४७ जनाको आवेदन परेको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए।
सन्तोष नारायण श्रेष्ठले अध्यक्षबाट राजीनामा दिएसँगै सेबोन नेतृत्व विहिन हुन पुगेको थियो।
अर्थ मन्त्रालयले वैशाख १५ गते ७ दिनको म्याद दिएर अध्यक्षका लागि दर्खास्त आह्वान गरेको थियो।
प्रकाशित: २२ वैशाख २०८३ ६:५५ | Tuesday, May 5, 2026
प्रतिक्रिया



