चौबीस कम्पनीको आईपीओ आउँदै

हिमाल प्रेस ३ जेठ २०८३ २०:२१ | Sunday, May 17, 2026
18
SHARES
चौबीस कम्पनीको आईपीओ आउँदै

काठमाडौँ- नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ। बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो।

बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति प्राप्त भएको हो। त्यसको मूल्य नौ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६ सय रुपैयाँ बराबर छ। अनुमति प्राप्त गरेका कूल कम्पनीमध्ये १५ वटा जलविद्युत् आयोजनाका मात्रै छन्।

नेपाल स्टक एक्सचेन्जमा १०३ जलविद्युत् कम्पनी सेयरमा सूचीकृत भई कारोबार भइरहेका छन्। बोर्डबाट अनुमति पाउने र अनुमतिको प्रतिक्षामा रहेका कम्पनीमा पनि जलविद्युत्का बढी छन्। अनुमति पाएका कम्पनीमा सात वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन्।

विकास बैंक र होटल एवं पर्यटन क्षेत्रका एक/एक कम्पनी छन्। बोर्डमा कुल ९८ वटा कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन्। त्यसमा होटल तथा पर्यटन क्षेत्रका १८, जलविद्युत्का ३२, लगानीका पाँच कम्पनी छन्। यस्तै, उत्पादन तथा प्रशोधनका २६, माइक्रो इन्स्योरेन्सका तीन, अन्य समूहका १४ कम्पनी छन्।

प्रकाशित: ३ जेठ २०८३ २०:२१ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast