सामुदायिक विद्यालयका व्यवस्थापन समिति सदस्य स्वतः पदमुक्त

हिमाल प्रेस २५ वैशाख २०८३ ११:४२ | Friday, May 8, 2026
24
SHARES
सामुदायिक विद्यालयका व्यवस्थापन समिति सदस्य स्वतः पदमुक्त

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको शिक्षा विकास तथा समन्वय एकाइ मोरङले विद्यालय व्यवस्थापन समितिमा मनोनीत सदस्यहरू स्वतः पदमुक्त हुने सम्बन्धमा स्थानीय तहहरूलाई पत्राचार गरेको छ।

एकाइ प्रमुख शालिग्राम दाहालद्वारा जारी पत्रमा केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ मार्फत नेपाल सरकार ले शिक्षा ऐन, २०२८ को दफा १२ उपदफा (१) को खण्ड (ग) खारेज गरेको उल्लेख गरिएको छ।

उक्त व्यवस्था खारेज भएसँगै सोही प्रावधानअन्तर्गत मनोनीत भएका विद्यालय व्यवस्थापन समिति सदस्यहरू स्वतः पदमुक्त हुने जनाइएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ मोरङले जिल्लाका सबै स्थानीय तहलाई आफ्नो पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूमा यसबारे जानकारी गराउन अनुरोध गरेको छ।

पत्रको बोधार्थ सबै सामुदायिक विद्यालयहरूलाई समेत दिइएको छ।

प्रकाशित: २५ वैशाख २०८३ ११:४२ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast