१५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

हिमाल प्रेस २५ वैशाख २०८३ १२:३५ | Friday, May 8, 2026
18
SHARES
१५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि शिक्षा तथा खेलकुदमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भने,‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय भएको छ।’

बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ।

प्रकाशित: २५ वैशाख २०८३ १२:३५ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast