यूएईविरुद्ध ‘ऐतिहासिक शृंखला’ खेल्दै नेपाली क्रिकेट टोली, ऐरीले गर्नेछन् कप्तानी

हिमाल प्रेस ७ वैशाख २०८३ ६:३९ | Monday, April 20, 2026
10
SHARES
यूएईविरुद्ध ‘ऐतिहासिक शृंखला’ खेल्दै नेपाली क्रिकेट टोली, ऐरीले गर्नेछन् कप्तानी दीपेन्द्रसिंह ऐरी

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज (सोमबार) यूएईविरुद्ध खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ। नेपाली टोलीको कप्तानी पारी दीपेन्द्र सिहं ऐरीले गर्दै छन्। यो शृंखला इतिहासमै पहिलो पटक ‘फ्लडलाइट’मा हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) ले टी २० आई र ओडीआईका लागि दुई फरक कप्तान चयन गरेको छ। यूएईविरुद्धको खेलका लागि नियमित कप्तान रोहित पौडेलसहित तीव्र गतिका बलर सोमपाल कामी र करण केसी टोलीबाट बाहिर छन्।नेपाली टोली यूएईविरुद्ध मैदान उत्रिँदा नेपालका लागि त्यो ऐतिहासिक खेल हुनेछ।

सन् २०१९ मा नेपाल र यूएई टी २० आईमा पहिलोपटक भेट भएका थिए। सो खेलमा नेपालले यूएईलाई २१ रनले हराएको थियो।

नेपाली टोली
दीपेन्द्र सिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल

प्रकाशित: ७ वैशाख २०८३ ६:३९ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast