सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयको विपक्षमा हर्क साम्पाङ

हिमाल प्रेस २ वैशाख २०८३ ८:२१ | Wednesday, April 15, 2026
8
SHARES
सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयको विपक्षमा हर्क साम्पाङ

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राई सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयको विपक्षमा उभिएका छन् । साम्पाङले आफू उक्त निर्णयको विरुद्धमा रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।

‘सांसदहरूले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म’, उनले लेखेका छन्, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२,५०,०००, वर्षको ९,९०,००,००० र पाँच वर्षको ४९,५०,००,००० रुपैयाँ लाग्छ ।’

खर्च कटौतीका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउने स्वकीय सचिवको सुविधा कटौती गरेको थियो । यद्यपि, अहिले संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिले स्वकीय सचिव पाउने गरी प्रक्रिया अगाडि बढाएको छ ।

समितिको सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा सोमबार बसेको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रकाशित: २ वैशाख २०८३ ८:२१ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast