चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने

हिमाल प्रेस १६ वैशाख २०८३ १४:५० | Wednesday, April 29, 2026
14
SHARES
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने

काठमाडौँ- चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न चीन सरकारले ११ अर्ब रूपैयाँ अनुदान प्रदान गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयका अनुसार सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत चाङ माओमिङले उक्त मन्त्रालयमा आज (बुधबार) हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार अब कलंकीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ। पहिलो चरणमा कोटेश्वरदेखि कल‌ंकीसम्म विस्तार भएको हो।

त्यसअवसरमा मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुन नदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्तरदक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

राजदूत चाङले लगानीको उपयुक्त वातावरण बनेमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्ता यहाँ आउन इच्छुक रहेका बताए।

प्रकाशित: १६ वैशाख २०८३ १४:५० | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast