चिनियाँ राजदूतको टोली किन पुग्यो लोमान्थाङ?

हिमाल प्रेस १८ असोज २०८३ १२:३८ | Sunday, October 4, 2026
चिनियाँ राजदूतको टोली किन पुग्यो लोमान्थाङ? लोमन्थाङ

मुस्ताङ- नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले उक्त टोली लोमान्थाङ पुगेको पुष्टि गरिन्। ‘चिनियाँ राजदूत कोरलानाकाबाट मुस्ताङ आउनुभएको छ, भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,’ उनले भनिन्।

राजदूतको टोलीमा पाँच जना चिनियाँ रहेका र आज आइतबार लोमान्थाङबाट कोरला नाका हुँदै चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनाइएको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनसार कोरला नाकाको वस्तुस्थिति बुझ्न चिनियाँ राजदूत मुस्ताङ आएका हुन्।

लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको विकल्प बनेको केरुङ भोटेकोशी बाढीबाट बगरमा परिणत भएपछि कोरला पुनः सञ्चालनको माग भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण मानिएको छ।

रसुवा र तातोपानी नाका बन्द भएयता मुस्ताङ भन्सार कार्यालयले दैनिक रु ३० करोडको हाराहारीमा राजस्व संकलन गर्दै आएको थियो। रासस

प्रकाशित: १८ असोज २०८३ १२:३८ | Sunday, October 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast