एनपीएल : चितवनले ब्याटिङ रोज्यो, जनकपुरको टिममा फर्किए अनिल शाह

हिमाल प्रेस १६ मंसिर २०८२ ११:३२ | Tuesday, December 2, 2025
एनपीएल : चितवनले ब्याटिङ रोज्यो, जनकपुरको टिममा फर्किए अनिल शाह

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको छ।

चितवनका कप्तान कुशल मल्लले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्। यता जनकपुरको कप्तानमा भने वायन पार्नेलले गर्नेछन्। दुवै टोलीले आज २-२ परिवर्तन गरेका छन्।

चितवनले रिजन ढकाल र दीपक बोहोराको स्थानमा सौगात ढकाल र अमर सिंह राउटेला खेलाएको छ। जनकपुरले ललित राजवंशी र किशोर महतोलाई बाहिर राख्दै सचिन भट्ट र अनिल शाहलाई टिममा फिर्ता ल्याएको छ।

प्रकाशित: १६ मंसिर २०८२ ११:३२ | Tuesday, December 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast