जडिबुटीमा स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

हिमाल प्रेस १३ भदौ २०८२ ७:५६ | Friday, August 29, 2025
जडिबुटीमा स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

काठमाडौँ- काठमाडौँको जडिबुटीमा आज बिहान स्कुटर दुर्घटनामा परी दुई युवाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिल बोहराका अनुसार  बिहान करिब पौने ३ बजे कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४२४३ नम्बरको बससँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखाल नगरपालिका-२ होक्से घर भएका २३ वर्षीय नितेश नेपाल गम्भीर घाइते भएका थिए। उनीहरूको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैबीच, बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: १३ भदौ २०८२ ७:५६ | Friday, August 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast