फाइल तस्बिर
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका अधिकृतहरूका लागि सञ्चालन गरिने एक महिनाको शैक्षिक प्रशासनसम्बन्धी सेवाकालीन तालिममा सहभागिता जनाउने कर्मचारीहरूको आवेदन माग गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पत्रअनुसार आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअनुरूप सञ्चालन हुन लागेको तालिममा मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत इच्छुक कर्मचारीहरूले साउन १६ गतेभित्र निवेदन पेस गर्नु पर्नेछ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार इच्छुक कर्मचारीहरूले कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखामा निवेदन दिन सक्नेछन् भने चाहनेले moekapra@gmail.com मा ईमेलमार्फत पनि विवरण पठाउन सक्ने व्यवस्था गरिएको छ।
तालिमका लागि आवश्यक विवरणहरूमा अद्यावधिक कर्मचारी व्यक्तिगत विवरण, सम्पर्क नम्बर र ईमेल ठेगाना र कार्यरत निकायको सिफारिस पत्र चाहिने छ।



