पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन

हिमाल प्रेस २७ असार २०८२ १२:१७ | Friday, July 11, 2025
पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन

काठमाडौँ- पुराना राजनीतिज्ञ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक एवं वरिष्ठ नेता बालाराम घर्ती मगरको शुक्रबार निधन भएको छ। ललितपुरको बीएन्डबी अस्पतालमा उपचारका क्रममा ८८ वर्षीय घर्तीमगरको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। रोल्पाका घर्तीमगर  पटकपटक मन्त्री भएका थिए।

उनले प्रधानमन्त्रीहरू डा. तुल्सी गिरी, सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह र शेरबहादुर देउवाको कार्यकालमा  मन्त्री बनेका थिए। साथै उनी प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य मन्त्रीदेखि राजपरिषद् सदस्य पनि भएका थिए।

उनको जन्म १९९४ साउन १८ ग तत्कालीन प्युठान जिल्ला बाइसखुवाथुमअन्तर्गत मिझिङ मौजाको उपल्लोथर हालको रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिकामा भएको थियो।

राप्रपा स्थापना हुँदा घर्तीमगर सूर्यबहादुर थापा निकट थिए। २०४७ सालमा थापा, छिरिङ तेन्जिङ लामा, बुद्धिमान तामाङ, कृष्ण श्रेष्ठ, बालाराम घर्तीमगरलगायतले राप्रपा पार्टी गठन गरेका थिए। त्यो राप्रपा भिन्नभिन्नै समूहमा बाँँडिँदै अहिले राप्रपा र राप्रपा नेपाल अस्तित्वमा छन्।

राप्रपाले नेता घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको जनाएको छ।

घर्तीमगरका पत्नी र सात छोरी छन्। एक छोरीबाहेक सबै छोरीहरू मुलुकबाहिर रहेकाले उनीहरू फर्किएपछि मात्रै घर्तीमगरको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: २७ असार २०८२ १२:१७ | Friday, July 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast