देशभर आंशिक बदली, कोशी-बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

हिमाल प्रेस ६ असार २०८२ ७:२५ | Friday, June 20, 2025
देशभर आंशिक बदली, कोशी-बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव देखिएको जनाएको छ।

देशको पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव सक्रिय छ। साथै, भारतको पश्चिम बंगाल आसपासको न्यूनचापीय क्षेत्रको प्रभाव पनि नेपालमा आंशिक रूपमा परेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी पहाडी क्षेत्रका केही स्थानमा र अन्यत्र थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान महाशाखाको छ।

उच्च-पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। साथै, कोशी र मधेश प्रदेशका तराइ क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातिको समय पनि पहाडी भूभागका केही स्थानमा तथा अन्यत्र थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।

प्रकाशित: ६ असार २०८२ ७:२५ | Friday, June 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast