अरुण नदीमा बेपत्ता दुई विद्यार्थी अझै भेटिएनन्

हिमाल प्रेस १३ असार २०८२ ६:०९ | Friday, June 27, 2025
अरुण नदीमा बेपत्ता दुई विद्यार्थी अझै भेटिएनन्

भोजपुर- अरूण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन्। उनीहरूको खोजी भने जारी राखिएको छ। हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरूण नदीमा बेपत्ता भएका हुन्।

बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। दुवै जना कक्षा ८ का विद्यार्थी हुन्। आफ्ना छोरीहरू बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए।

आफन्तले खबर गरेसँगै बालिकाहरूको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरूलाई फेला पर्न नसकिएको डिएसपी तिमिल्सिनाले बताए।

खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ।

प्रकाशित: १३ असार २०८२ ६:०९ | Friday, June 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast