प्रधानमन्त्री ओलीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल

हिमाल प्रेस ५ वैशाख २०८२ २२:०६ | Friday, April 18, 2025
प्रधानमन्त्री ओलीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच भेटवार्ता भएको छ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका पदाधिकारीहरूले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

भेटका क्रममा जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको बताइएको छ।

छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।

विद्यालय शिक्षा विधेयक, २०८१ तत्काल लागू गर्न माग गर्दै गर्दै महासंघको आह्वानमा चैत २० गतेदेखि देशभरका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन्।

प्रधानमन्त्री ओलीले शिक्षकहरूले उठाएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईसहितलाई निर्देशन दिएका थिए।

प्रकाशित: ५ वैशाख २०८२ २२:०६ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast