प्रअ र शिक्षकलाई केन्द्रले गर्‍यो यस्तो आग्रह

हिमाल प्रेस २९ फागुन २०८१ ११:३१
1.9k
SHARES
प्रअ र शिक्षकलाई केन्द्रले गर्‍यो यस्तो आग्रह

 काठमाडौँ- नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा र मानव स्रोत विकास केन्द्रले समावेशी शिक्षामा सुधार ल्याउनको लागि युनिसेफसँग साझेदारी गर्दै नयाँ अनुसन्धानात्मक पहल सुरु गरेको छ।

यो पहलअन्तर्गत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको सन्देश बुझ्नका लागि छुट्टाछुट्टै सर्भे फारामहरू तयार गरिएको छ। जसले समावेशी शिक्षाको प्रभाव र असल अभ्यासहरूको मूल्यांकन गर्नेछ। यसका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी सबै प्रअ र शिक्षकहरूले फारम वितरण र भर्न सहयोग गरिदिन आग्रह गरिएको छ।

यसले समावेशी शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउने र शिक्षकहरूलाई नयाँ दृष्टिकोण र अभ्यासमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ। केन्द्रको समावेशी शाखाकी निर्देशक सविता दंगालले सबै विद्यालय र शिक्षकहरूको सक्रिय सहभागिता र समन्वयको अपेक्षा गरेकी छन्। ‘यो कदम समावेशी शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण हुनेछ। सबैको सहयोगले यो उद्देश्य पुरा गर्न हामी सक्षम हुनेछौं,’ उनले भनिन्।

सम्पर्कका लागि फोन नम्बर ०१-६६३८८५३ र इमेल [email protected] मा सम्पर्क गर्न सकिन्छ। प्रअ र शिक्षकहरूको सर्भे फारामका लिङ्कहरू क्रमशः Headteacher Survey र Teacher Survey मा उपलब्ध छन्। साथै, लेखाजोखा संयोजक भएका जिल्लाहरूलाई पनि परिचालनमा ल्याउने अनुरोध गरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast