९२ जनामा डेंगु संक्रमण

हिमाल प्रेस १ असोज २०८३ २१:२८ | Thursday, September 17, 2026
९२ जनामा डेंगु संक्रमण

चितवन- जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा डेंगुको संक्रमण देखिएको छ। चालु आर्थिक वर्षको दुई महिनामा उपचारका लागि आएका बिरामीमध्ये यो संख्यामा डेंगुको संक्रमण देखिएको हो।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार ८८६ जनाको नमूना परीक्षणका क्रममा उनीहरूमा डेंगुको संक्रमण देखिएको हो।

संक्रमितमध्ये चितवनका ७८ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका छन्। जिल्लामा सबैभन्दा बढी संक्रमण रत्ननगर नगरपालिकामा ३० जना डेंगुका संक्रमित रहेका जनाउँदै उनले सबैभन्दा कम कालिका नगरपालिकामा दुई जना भेटिएका बताए।

यो रोग बढी सहरी क्षेत्रमा देखिएको बताउँदै केसीले सहरी क्षेत्रमा बढी मात्रामा पानी जम्ने ठाउँ हुने भएकाले संक्रमित संख्या धेरै हुने गरेको उल्लेख गरे। डेंगुबाट बच्नका लागि झूल टाँगेर सुत्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी जमेका भाँडाहरुको पानी फाल्ने, बिहानबेलुका बारीमा काम गर्दा लामबाउले लुगा लगाउने गर्नुपर्ने उनले जानकारी दिए।

प्रकाशित: १ असोज २०८३ २१:२८ | Thursday, September 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast