काठमाडौँ सलम्बुटार दुर्घटना : अनियन्त्रित टिपरले लियो जसको ज्यान

हिमाल प्रेस २३ फागुन २०८१ ८:२१
24
SHARES
काठमाडौँ सलम्बुटार दुर्घटना : अनियन्त्रित टिपरले लियो जसको ज्यान प्रतीकात्मक तस्बिर।

काठमाडौँ- काठमाडौँको शंकरापुर नगरपालिका-६, सलम्बुटारमा आज बिहान टिपर अनियन्त्रित भएर पल्टिँदा मृत्यु हुनेहरूको नाम खुलेको छ।

आज बिहान ३ बजेतिर  काठमाडौँको शङ्खरापुर नगरपालिका-६ साँखु सलम्बुटारस्थित साँखु–ब्रह्मखेल सडकखण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्वपीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो।

सो टहरोमा ६१ जना बस्दै आएका छन्। टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए। उनीहरूको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

टिपर चालक सिन्धुपाल्चोकको मेलम्चीका २५ वर्षीय सागर माझीलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २३ फागुन २०८१ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast