प्रदर्शनकारीले तीनकुनेस्थित घरमा आगजनी गर्दा जलेर पत्रकारको मृत्यु

हिमाल प्रेस १५ चैत २०८१ १९:१९ | Friday, March 28, 2025
प्रदर्शनकारीले तीनकुनेस्थित घरमा आगजनी गर्दा जलेर पत्रकारको मृत्यु

काठमाडौँ- काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा जलेर एक पत्रकारको निधन भएको छ। शुक्रबार प्रदर्शनकारीले आगजनी गरेको घरभित्र जलेर एभिन्युज टीभीका क्यामरा पर्सन सुरेश रजकको मृत्यु भएको हो। यसको पुष्टि एभिन्युज टिभीले गरेको छ।

तीनकुनेस्थित सो घरबाट रजकले भिडियो खिचिरहेको बताइएको छ। सो क्रममा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए।

यस्तै प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको पनि गृह मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ चैत २०८१ १९:१९ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast