'नो केबल कार आन्दोलन' पक्षधरको प्रदर्शन।
काठमाडौँ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवाद समाधानको लागि विभिन्न पक्षसँग गृह मन्त्रालयले फेरि पनि छलफलमा बोलाएको छ।
मन्त्रालयले फेरि पनि पत्रमार्फत ‘नो केबलकार समूह’लाई वार्तामा बोलाएको हो। वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले एक पत्र सम्प्रेषण गर्दै स्थानीय प्रतिनिधिलाई वार्तामा बोलाएका हुन्।

प्रकाशित: २ चैत २०८१ १२:०८ | Saturday, March 15, 2025
प्रतिक्रिया


