गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल

हिमाल प्रेस १५ चैत २०८१ १९:१२ | Friday, March 28, 2025
गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल गृह मन्त्रालय

काठमाडौँ- सरकारले अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ। गृह मन्त्रालयद्वारा आज (शुक्रबार) साँझ जारी प्रेस विज्ञप्तिमा कानूनको उल्लंघन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ।

पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिंसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनी जस्ता अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भर्त्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ। यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने–गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने सरकारले स्पष्ट पारेको छ।

संविधानले सबै वर्ग, जाति, भाषा, लिंग, क्षेत्र र धार्मिक अधिकारको संरक्षण गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको उच्चतम उपयोग गर्ने मार्ग प्रशस्त गरेकै उल्लेख गर्दै मन्त्रालयले शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाई नहुने स्पष्ट गरेको छ।

प्रकाशित: १५ चैत २०८१ १९:१२ | Friday, March 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast