इजरायलले गर्‍यो गाजामाथि हमला, २ सयको मृत्यु भएको प्रारम्भिक अनुमान

हिमाल प्रेस ५ चैत २०८१ ९:५० | Tuesday, March 18, 2025
इजरायलले गर्‍यो गाजामाथि हमला, २ सयको मृत्यु भएको प्रारम्भिक अनुमान

इजरायलले लडाकु विमानले ठूला हवाई हमलाहरू गरेका छन्। गाजाका अधिकारीहरूले उक्त हमलामा कम्तीमा २०० जनाको मृत्यु भएको बताएका छन्। ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ।

उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो। एउटा विज्ञप्तिमा इजरेलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ।

उक्त प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो। हमासलाई दबाव दिन इजरेलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ।

हमासले इजरायलले प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ। उसले सो हमलाले बाँकी इजरेली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ। बीबीसी 

प्रकाशित: ५ चैत २०८१ ९:५० | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast