काठमाडौँ- आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा नौ जना पक्राउ परेका छन्। नेपाल प्रहरीका अनुसार कञ्चनपुर, बर्दिया, झापा, चितवन र कैलालीबाट उनीहरू पक्राउ परेका हुन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-११ बाट लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका-५ का २६ वर्षीय अर्जुन गुरुङ, बर्दियाको ठाकुरबाबा नगरपालिका-१ बाट ब्राउनसुगरसहित सोही नगरपालिका-४ मैनवार का १७ वर्षीय एक किशोर, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बोकेका ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-३ का २२ वर्षीय सुरेन्द्र राई, चितवनको भरतपुर महानगरपालिका-४ दुर्गाचोकबाट लागुऔषध ट्रामाडोललगायत अन्य मोनोद्दिपक औषधि र नगद आठ हजार ४०० सहित दुई जनालाई पक्राउ गरिएको हो।
कैलालीको गौरीगंगा नगरपालिका-११ झन्झटपुरस्थित घुम्ती पसलबाट गाँजासहित चार जनालाई सोमबार साँझ पक्राउ गरिएको छ। सुनका रीङ १६ थान, सुनको टुक्रा ५ थान, एक एकथान सिक्री, औँठी र बाला ९८ ग्राम तौलको सुनसहित काठमाडौँ महानगरपालिका-१५ स्वयम्भुकी ५८ वर्षीया मैयाँ तामाङ पक्राउ परेकी छन्।
थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौँ आएकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही दिन साँझ पक्रा गरिएको हो। यसैबीच, धरान उपमहानगरपालिका-६ पानमारा जंगलस्थित सडकबाट चार सय १० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा.१५ च ७६३३ नम्बरको कार तलासी गर्दा उक्त परिमाणको गाँजा बरामद गरेको हो। सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित बाँसबारीबाट १९ किलोग्राम गाँजा बरामद भएको छ।