अर्बपति एलोन मस्कलाई श्रीमतीले दिइन् ब्रेकअप

हिमाल प्रेस १७ असोज २०८३ ११:३७ | Saturday, October 3, 2026
अर्बपति एलोन मस्कलाई श्रीमतीले दिइन् ब्रेकअप

अर्बपति एलोन मस्क र उनकी  श्रीमती शिवोन जिलिसबीच सम्बन्धविच्छेद भएको छ। न्युरलिंककी उच्च अधिकारी तथा टेस्लाकी पूर्वकर्मचारी समेत रहेकी जिलिसले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (एक्स) मा एक लामो पोस्टमार्फत मस्कसँगको ब्रेकअपको घोषणा गरेकी हुन्।

उनीहरूको सम्बन्ध २०१६ मा सुरु भएको थियो भने उनीहरूबाट चारवटा सन्तान छन्। जिलिसले सन् २०२१ मा जुम्ल्याहा, सन् २०२४ मा तेस्रो र सन् २०२५ मा चौथो सन्तानलाई जन्म दिएकी थिइन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार शुरूमा मस्क शुक्रकिटदाताको रूपमा जोडिएका थिए र पछि उनीहरूको यो सम्बन्ध प्रेममा परिणत भएको थियो। जिलिसले आफ्नो पोस्टमा मस्कसँगको सम्बन्ध अचानक र विना कुनै चेतावनी एक सातामै टुट्दा निकै पीडा भएको उल्लेख गरेकी छिन्।

उनले मस्कको प्रारम्भिक जीवनको अशान्त स्वभाव र मानवताका लागि उनले गर्ने कठिन संघर्षलाई ध्यानमा राख्दै आफूले उनलाई संसारको सबैभन्दा गहिरो र शान्त प्रेम अनुभव गराउन पाएकोमा खुसी व्यक्त गरेकी छिन्। आफूहरू मस्कका लागि सधैँ एक सुरक्षित स्थान बनेको र उनको तनावपूर्ण तथा व्यस्त जीवनबाट केही समय आराम दिने ठाउँ बनेको उनले बताएकी छिन्।

मस्कलाई आफूले धेरै मिस गर्ने उल्लेख गर्दै जिलिसले उनीहरूका चारै जना सुन्दर सन्तान नै आफ्नो जीवनको सबैभन्दा ठूलो कमाइ भएको बताएकी छिन्। उनले भविष्यमा मस्कसँग एक राम्रो मित्र र सह अभिभावकको रूपमा अगाडि बढ्ने आशा व्यक्त गरेकी छन् ।

प्रकाशित: १७ असोज २०८३ ११:३७ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast