अनमोलको ‘बाटुलो जून’ सफल हुँदा हरिवंशको ‘पाँच पाण्डव’ फ्लप, अरूकाे कस्तो छ कमाइ?

हिमाल प्रेस ८ मंसिर २०८३ १४:०२ | Tuesday, November 24, 2026
अनमोलको ‘बाटुलो जून’ सफल हुँदा हरिवंशको ‘पाँच पाण्डव’ फ्लप, अरूकाे कस्तो छ कमाइ?

काठमाडौँ- अनमोल केसी अभिनित ‘बाटुलो जून’ पछिल्लो सात दिनमा ८ लाख ५१ हजार ५९० रूपैयाँ कमाएको छ। कात्तिकबाट हलमा आएको बाटुलो जुनले हाल ७ करोड १८ हजार ९०२ रूपैयाँ कमाएको छ। अनमोल र प्रिन्सी खतिवडा अभिनित यो फिल्म सफल फिल्म मानिएको छ। फिल्मले २ लाख ४३ हजार ८३६ टिकट बेचेको छ।

‘कबड्डी ५’ ले सात दिनमा ६ लाख ११ हजार ५३० रूपैयाँ थपेको छ। फिल्मको कुल कमाइ १३ करोड २६ हजार ९६७ रूपैयाँ पुगेको छ। यसको टिकट बिक्री ४ लाख २८ हजार पुगेको छ।

‘पाँच पाण्डव’ले पछिल्लो सात दिनमा १ लाख ७१ हजार ८९५ रूपैयाँ थप्दै कुल कमाइ ४५ लाख २२ हजार ३८८ रूपैयाँ पुर्‍याएको छ। फिल्मका १२ हजार ८९० टिकट बिक्री भएका छन्।

‘पेन्सन पट्टा’ले भने सात दिनमा १ लाख ४ हजार ५६० रूपैयाँ मात्रै थपेको छ। फिल्मको कुल कमाइ १० करोड ३६ लाख ८३ हजार ३८ रूपैयाँ पुगेको छ। यसको टिकट बिक्री ३ लाख ६४ हजार ८०८ पुगेको छ।

‘बा एक योद्धा’को कुल कमाइ ३ करोड ५७ लाख ६९ हजार ४४१ रूपैयाँ पुगेको छ। फिल्मका १ लाख २८ हजार २७५ टिकट बिक्री भएका छन्। अघिल्लो साताको विवरणमा नदेखिएको यो फिल्म पछिल्लो सूचीमा देखिएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १४:०२ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast