हरिवंश अभिनीत ‘पाँच पाण्डव’को छायांकन सकियो, तिहारमा आउने

हिमाल प्रेस १२ जेठ २०८३ ९:३५ | Tuesday, May 26, 2026
8
SHARES
हरिवंश अभिनीत ‘पाँच पाण्डव’को छायांकन सकियो, तिहारमा आउने

काठमाडौँ- फिल्म ‘पाँच पाण्डव’को छायांकन सकिएको छ। ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो। ‘चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,’ निर्देशक वसन्त निरौलाले भने, ‘यो फिल्मको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन सिनेमामा पनि देखिनेछ।’

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्मलाई निर्देशक वसन्त निरौलाले निर्देशन गरेका छन्। फिल्ममा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरू एकसाथ देखिनेछन्। फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा देखिने छन्। सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायतको पनि अभिनय रहेको छ ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि गतवर्ष फिल्म ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मको निर्माणमा काली रानी श्रेष्ठ छिन्। कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको यो फिल्मलाई श्याम तामाङले खिचेका छन्। तिहारको बिदालाई लक्षित गर्दै फिल्म दर्शकमाझ आउने छ।

प्रकाशित: १२ जेठ २०८३ ९:३५ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast