 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। प्रतितोला सुनको मूल्य दुई हजार तीन सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला ३० बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सोही परिमाणको चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
                            प्रकाशित: १८ माघ  २०८१ ११:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 