काठमाडौँ- सुनचाँदीको मूल्य आज घटेको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुनको मूल्य ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार १ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ थियो ।
आइतबार २ हजार १०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य ३० रुपैयाँले घटेर ४ हजार ७७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ५ रुपैयाँ थियो ।
प्रकाशित: ६ असोज २०८३ ११:१२ | Tuesday, September 22, 2026
प्रतिक्रिया


