बडूको संयोजकत्वमा कांग्रेसले संसदीय अनुशासन समिति बनाउने

हिमाल प्रेस ३ माघ २०८१ १४:०९ | Thursday, January 16, 2025
बडूको संयोजकत्वमा कांग्रेसले संसदीय अनुशासन समिति बनाउने

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय अनुशासन समिति बनाउने भएको छ। आज बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकन्ठमा बसेको मन्त्रीहरू र संसदीय कार्यसमितिको बैठकले सांसद दीलेन्द्र बडूको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

‘आजको छलफलपछि संसदीय संसदीय अनुशासन समिति बनाउने निर्णय भएको छ,’ उनले भने, ‘समितिको संयोजक माननीय दीलेन्द्र बडू रहनुहुनेछ।’

त्यस्तै आजको बैठकले कांग्रेसको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले आफ्नो कार्यप्रगति विवरण पेस गरेका थिए।

प्रकाशित: ३ माघ २०८१ १४:०९ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast