संविधान संशोधनबाट समानुपातिक र समावेशी प्रणालीलाई थप व्यवस्थित बनाउन लागेका छौं : सञ्चारमन्त्री गुरुङ

हिमाल प्रेस २८ मंसिर २०८१ १८:३४
8
SHARES
संविधान संशोधनबाट समानुपातिक र समावेशी प्रणालीलाई थप  व्यवस्थित बनाउन लागेका छौं : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनबाट समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताएका छन्।

आदिवासी जनजाति आयोगद्वारा आज आयोजित ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ मा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले संविधान संशोधनको विषय उठ्दा धेरै सीमान्तकृत समुदायको मनमा समावेशी र समानुपातिकमा आँच आउँछ कि भन्ने डर उब्जिएको हुँदा यस विषयमा प्रष्ट हुन जरूरी रहेको बताए।

‘संविधान संशोधन हुनु भनेको समावेशी र समानुपातिक प्रणाली हटिहाल्छ भन्ने होइन’,उनले भने,‘यसलाई अझै व्यवस्थित र विधिवत् बनाउँदै जाने हो, ढुक्क हुनुहोस्, समावेशी प्रणाली रहिररहन्छ।’

प्रकाशित: २८ मंसिर २०८१ १८:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast