अमेरिकी अलराउन्डर हर्मित सिंहले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

हिमाल प्रेस २६ मंसिर २०८१ ६:३७
8
SHARES
अमेरिकी अलराउन्डर हर्मित सिंहले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मित सिंहलाई अनुबन्ध गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी-२० विश्वकपमा अमेरिकाका लागि उच्च प्रदर्शन गरेका सिंह सोमवार नेपाल आएको सुदूरपश्चिमले‌ जनाएको छ।

उनले २३ टी ट्वान्टी आई र १० ओडीआई खेलेका छन्। भारतबाट यू१९ विश्वकप जितेका सिंहको आगमनले टोली थप बलियो हुने सुदूरपश्चिमको विश्वास छ।

सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी र मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन्। सुदूरपश्चिमले लिगको ४ खेलमा ३ जितसहित ६ अंक जोडिसकेको छ।

प्रकाशित: २६ मंसिर २०८१ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast