काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य फेरबदल भएको छ।
मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार मात्र १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४०० रुपैयाँ पुगेको छ।
यस्तै यस दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रकाशित: १९ मंसिर २०८१ ११:२१
प्रतिक्रिया