काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज चितवन लगिने भएको छ। साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याउन लागिएको हो।
लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो। जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो।
उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले लामिछानेलाई आजै बिहानको उडानबाट चितवन ल्याउन लागिएको जानकारी दिए।
प्रकाशित: १८ मंसिर २०८१ ७:५५
प्रतिक्रिया