काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले ‘मौसम पूर्वानुमान एवं बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने’ विषयमा जानकारी लिएका छन्।
मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि वर्षाको गतिविधि बढ्ने जनाएको थियो।
बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय क्षेत्रबारे जानकारी लिन मंगलबार मन्त्रीद्वय मौसम विज्ञान विभाग पुग्नुभएका हुन्।
दुवै जनाले पानी पार्ने प्रणालीबाट नेपालमा पर्न सक्ने प्रभावबारे विभागका अधिकारीबाट ब्रिफिङ लिएको विभागले जनाएको छ।
‘उक्त प्रणालीको प्रभावले भोलि (बुधबार) देखि नै नेपालमा पानी पर्ने गतिविधि बढ्न सक्छ। यसबारे विभागले नियमित जानकारी गराउने छ,’ विभागले जनाएको छ।


