रुकुम (पश्चिम) सानेभरी–५ मा कांग्रेसका खत्री विजयी

हिमाल प्रेस १६ मंसिर २०८१ २१:३२ | Sunday, December 1, 2024
रुकुम (पश्चिम) सानेभरी–५ मा कांग्रेसका खत्री विजयी

काठमाडौँ-  रुकुम (पश्चिम) को सानेभेरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन्।

माओवादी केन्द्रका जसीराम बस्नेतलाई पराजित गर्दै खत्री वडाध्यक्षमा निर्वाचित भएका हुन्।

खत्रीले ५९० मत ल्याउँदा माओवादी केन्द्रका बस्नेतले ५३७ मत प्राप्त गरेका छन्।

यो वडामा दुई जना उम्मेदवारमात्र प्रतिस्पर्धा थिए। अघिल्लो निर्वाचनमा यो वडाबाट एमालेका गोविन्दबहादुर डाँगी ७४७ मत ल्याएर निर्वाचित भएका थिए।

दोस्रो भएका कांग्रेस उम्मेदवार हिराबहादुर रावतको ६३९ र माओवादी केन्द्रका निराजन घर्तीको ४६२ मत थियो।

प्रकाशित: १६ मंसिर २०८१ २१:३२ | Sunday, December 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast