काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिका र चीनका लागि राजदूत नियुक्त गरेका छन्। चीनका लागि कृष्णप्रसाद ओली र अमेरिकाका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले ओली र रेग्मीलाई आइतबार राजदूत नियुक्त गरेका हुन्।
यसअघि नै ओली र रेग्मीको संसदीय सुनुवाइ भई अनुमोदनसमेत भएको थियो।
प्रकाशित: २५ कार्तिक २०८१ १४:१८
प्रतिक्रिया