डीपी अर्यालको सभापतित्वमा रास्वपाको सचिवालय बस्दै

हिमाल प्रेस २४ कार्तिक २०८१ १०:४८
18
SHARES
डीपी अर्यालको सभापतित्वमा रास्वपाको सचिवालय बस्दै रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ। बैठक शनिबार (आज) पार्टी कार्यालय घण्टीघरमा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र संघर्षका मोडालिटीबारे छलफल हुनेछ। यसका साथै बैठकमा मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।

बैठक उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षमा बस्नेछ। सभापति रवि लामिछाने भने अहिले जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन्।

प्रकाशित: २४ कार्तिक २०८१ १०:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =