बढ्यो पेट्रोलको मूल्य

हिमाल प्रेस १५ मंसिर २०८१ २०:२३ | Saturday, November 30, 2024
बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्यवृद्धि गरेको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यवृद्धि गरेको हो।

पेट्रोलमा प्रतिलिटर एक, हवाई इन्धन (आन्तरिक) मा दुई रूपैयाँ र हवाई इन्धन (अन्तराष्ट्रिय) मा प्रतिकिलोलिटर काठमाडौँमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि भएको निगमले जनाएको छ।

मूल्यवृद्धि भएपछि अब पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १६०, सुर्खेत र दाङमा १५९ र अन्य क्षेत्रमा १५७.५० रूपैयाँ पर्नेछ।

त्यस्तै हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १२८ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ।

प्रकाशित: १५ मंसिर २०८१ २०:२३ | Saturday, November 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast