तनहुँ बस दुर्घटना अपडेट : एकको मृत्यु, २३ जना घाइते

हिमाल प्रेस २ मंसिर २०८१ १८:४३ | Sunday, November 17, 2024
तनहुँ बस दुर्घटना अपडेट : एकको मृत्यु, २३ जना घाइते

काठमाडौँ- तनहुँको बन्दीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। पृथ्वी राजमार्गअन्तर्गतको बन्दीपुर गाउँपालिका– ५ गोरे चौतारे घुम्ती भन्ने ठाउँमा दुईवटा यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी अशोक थापाले पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ र काठमाडौँबाट पोखरा जाँदै गरेको जीएए ००७० नम्बरको यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको जानकारी दिए।

डिएसपी थापाले दुर्घटनामा परी जीएए ००७० नम्बरका बस चालक कास्की चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको जानकारी दिए। दुर्घटनामा परी घाइते भएको परियारको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थापाले बताए।

दुर्घटनामा घाइते भएकामध्ये ९ जनाको लक्ष्मी अस्पताल र १४ जनाको मोती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८१ १८:४३ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast