प्रतीकात्मक तस्बिर।
काठमाडौँ- काठमाडौँमा एकै परिवारका तीन जना मृत फेला परेका छन्। गोकर्णेश्वर-३ स्थित गाम्चामा उनीहरू मृत भेटिएका हुन्। मृत फेला पर्नेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु र दुई महिनाका छोरा छन्।
कोठाभित्र चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको वडाध्यक्ष मुरारीप्रसाद कुइकेलले जानकारी दिए। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। श्रीमान कान्छा नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।
शव सडेको अवस्थामा भेटिएकाले केही दिन अघिको हुन सक्ने प्रहरीको भनाइ छ। नगरकोटीले आफू घर बाहिर रहेका बेला घटना भएको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।
प्रकाशित: २९ कार्तिक २०८१ १९:१२ | Thursday, November 14, 2024
प्रतिक्रिया


