नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।
काठमाडौं– राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) बढाएको छ। बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेका वालेटमा जम्मा गर्ने सीमा वृद्धि गरेको जनाएको हो।
हाल एकदिनमा १० पटकसम्म वालेटमा रकम जम्मा गर्न पाउने प्रावधान छ। चाडपर्वलाई मध्यनजर गरी व्यक्तिले एक दिनमा बढीमा ३० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्ने व्यवस्था लागू भएको बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म, दीपावली (तिहार) तथा छठका अवसरमा कात्तिक १५ गतेदेखि कात्तिक २२ गतेसम्म यो सुविधा लागू हुने छ।
विशेष गरि दसैं, तिहार, छठ जस्ता पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा अस्यायी रुपमा बढाएको हो। चाडपर्वको समयमा धेरै नै कारोबार हुने भएकाले केन्द्रिय बैंकले यस्तो सीमा बढाएको बैंकको भनाइ छ।




