आगामी चुनावहरू माओवादी एक्लै लड्छ : प्रचण्ड

हिमाल प्रेस १९ असोज २०८१ १६:४१
4
SHARES
आगामी चुनावहरू माओवादी एक्लै लड्छ : प्रचण्ड पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको निर्वाचनहरू गठबन्धन नगरी एक्लै लड्ने बताएका छन्।

पार्टीको दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको कार्यक्रममा उनले आगामी स्थानीय तह उपनिर्वाचन र २०८४ को निर्वाचन माओवादी केन्द्रले एक्लै लड्ने बताएका हुन्।

प्रचण्डले विगतमा गठबन्धन गरेर चुनाव लड्दा आफ्नो पार्टीको पहिचान कमजोर हुन पुगेको बताए। उनले भने,‘कहिल्यै एमालेसँग त कहल्यिै कांग्रेससँग गठबन्धन गरेर चुनाव लड्यौँ। यस गर्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको जस्तो लागेको छ। अबका चुनावहरू हामी एक्लै लड्ने छौँ।’

देशव्यापीरूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसको सुरूवात आगामी मंसिरमा हुने उल्लेख गरे।

आफ्नो नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक पक्षमा अभियान थालेपछि सरकारबाट हटाइएको उनले आरोप लगाए। माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै उनले आगामी निर्वाचनहरूमा एक्लै विजयप्राप्त गर्ने गरी तयारी थाल्ने जिकिर गरे।

पछिल्लो समय बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको बताउँदै प्रचण्डले जनताको सेवा गर्ने अधिकार कसैले खोस्न नसक्ने उल्ले गरे।

प्रकाशित: १९ असोज २०८१ १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =