काठमाडौँ- नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरतर्फ आईसीसी वरियतामा दोस्रो स्थान हासिल गरेका छन्।
आईसीसीले हालै सार्वजनिक गरेको वरियताको श्रेणीमा ऐरी दोस्रो स्थानमा उक्लिएका हुन्।
२३० अंकसहित उनी दोस्रो स्थानमा रहँदा २५३ अंकसहित इंग्ल्यान्डका लियम लिभिङ्स्टन पहिलो स्थानमा छन्।
अस्ट्रेलियाका मार्कस स्ट्यानिस तेस्रो, जिम्बाबेका सिकिन्दर रजा चौथौं, श्रीलंकाका वानिन्दु हसरंगा पाँचौँ, अफगानिस्तानका मोहम्मद नबी छैठौँ, भारतका हार्दिक पान्ड्या सातौं, पाकिस्तानका ईमाद वसिम आठौँ, दक्षिण अफ्रिकाका एडेन मारक्रम नवौँ र नामिबियाका गेरहार्ड एरासम्स दशौँ स्थानमा रहेका छन्।
प्रकाशित: १६ असोज २०८१ १२:४१
प्रतिक्रिया