दीपेन्द्रसिंह ऐरी
काठमाडौँ- नेपाली राष्ट्रिय टी २० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रदान गर्ने ‘आईसीसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन्।
आईसीसीले बुधबार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो। दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा परेका हुन्। उनीसँगै यस अवार्डको मनोनयनमा बंगलादेशका मुस्फिकुर रहिम र तैजुल इस्लाम रहेका छन्। आईसीसीले दर्शकको मतका आधारमा विजेता घोषणा गर्नेछ।

प्रकाशित: २८ जेठ २०८३ ९:०६ | Thursday, June 11, 2026
प्रतिक्रिया




