काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो।
बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।
आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ।
प्रकाशित: १५ असोज २०८१ ६:२७ | Tuesday, October 1, 2024
प्रतिक्रिया




