राष्ट्रियसभाको बैठक बस्दै

हिमाल प्रेस २५ भदौ २०८१ ७:४५
2
SHARE
राष्ट्रियसभाको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्ने छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित: २५ भदौ २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =