प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्छ : गगन थापा

हिमाल प्रेस २३ भदौ २०८१ १७:४०
1.0k
SHARES
प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्छ : गगन थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापाले प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्ने बताएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि बोल्दै सांसद थापाले प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्ने बताएका हुन्। उनले पनि विधेयकमाथि संशोधन हालेका छन्।

बैठकमा उनले भने,‘प्रधानाध्यापकको छुट्टै दरबन्दी गर्नुपर्छ। प्रधानाध्यापकको जिम्मेवारी विद्यालय व्यवस्थापन मात्रै होइन शैक्षिक नेता पनि हो। त्यसकारण प्रादेशिक तहमा प्रधानाध्यापकलाई रोस्टर बनाउनुपर्छ र प्रारम्भिक सूचीबाट छान्नुपर्छ। त्यसले गर्दा निष्पक्ष हुन्छ।’

त्यसैगरी सांसद थापाले सरकारले प्रारम्भिक बालशिक्षामा ध्यान दिनुपर्ने बताउँदै संविधानले नचिन्न जिल्ला शिक्षा अधिकारी (जिसिअ) विधेयकबाट हटाउनुपर्ने बताए।

प्रकाशित: २३ भदौ २०८१ १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =