देवी हेरेका कलाकार भन्छन् : फिल्म राम्राे बनेकाे छ

हिमाल प्रेस २० भदौ २०८१ १५:३७
20
SHARES
देवी हेरेका कलाकार भन्छन् : फिल्म राम्राे बनेकाे छ

काठमाडौँ- तीजकाे दिनदेखि प्रदर्शन हुने फिल्म देवीको बुधबार रेडकार्पेट प्रिमियर सो गरिएको छ। कमलपोखरीकाे सिटी सेन्टरस्थित बिग मुभिजमा देवी हेर्न आएका  फिल्मकर्मी तथा पत्रकारले फिल्म राम्राे बनेकाे प्रतिक्रिया दिएका छन्।

अभिनेता गजित बिष्ट, विशाल पहारी, कर्मा शाक्य, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर,आकांक्षा कार्की र निर्देशक सौरभ चौधरीका साथमा फिल्म मुख्य कलाकार शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राईलगायत हलमा उपस्थित थिए।

अधिकांश कलाकारले देवी उत्कृष्ट फिल्म बनेकाे प्रतिक्रिया दिए। निर्देशक सौरभ चौधरीले फिल्म राम्रो बनेको भन्दै देवीजस्तो कन्टेन्ट बेसको फिल्म निर्माण गर्ने हरेक मेकरको सपना हुने बताए।

‘समाज र देशमा भइरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई देवीले सुक्ष्म रुपमा उठाएको छ,’उनले भने,‘सबै कलाकारले आफ्नो भूमिकालाई न्याय दिनुभएको छ।’

अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको विषयवस्तुले आफूलाई भावुक बनाएको बताइन्। नेपालमा बलात्कार र महिला हिंसाको कानुन बलियो छ। तर,त्यसको प्रभावकारी कार्यान्वयनको जरुरी छ। यो फिल्मले सरकारको ध्यानाकर्षण सफल हुनेछ भन्ने विश्वास छ,’ उनले भनिन्।

त्यस्तै अभिनेत्रीद्वय लुनिभा तुलाधर र मेनुका प्रधानले पनि फिल्म धेरै दर्शकले हेरेर बहसको रुपमा लैजानुपर्ने तर्क दिए। अभिनेता कर्मा शाक्यले देवीले गहन विषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेकाले आफ्नो मन छोएको बताए।

फिल्मका मुख्य कलाकार र निर्देशकले पनि आफूहरूको पाँच वर्ष लामो परिश्रमको प्रिमियरमा मिलेको प्रतिक्रियाले सफल भएको अनुभव दिएको सुनाए। निर्देशक सञ्जोग राईले हलमा प्रदर्शनपछि पश्चात नेपालमा विभिन्न ठाउँमा फिल्म देखाउने र समाजलाई जागृत गराउने तयारी समेत रहेको बताए।

प्रकाशित: २० भदौ २०८१ १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =