विद्यालयमा मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउन आग्रह

हिमाल प्रेस १८ भदौ २०८१ १०:१७
300
SHARES
विद्यालयमा मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउन आग्रह

काठमाडाैँ-  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा मानव बेचबिखनविरुद्धको अठारौं राष्ट्रिय दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्र पठाएकाे छ।

केन्द्रले यही बिहीबार (भदाै २० गते) पर्ने उक्त दिवसलाई सफल बनाउन रचनात्मक, सिर्जनात्मक तथा सन्देशमूलक कार्यक्रम विद्यालयमा आयोजना गरी सामाजिक सचेतना अभिवृद्धि गर्न अनुराेध गरेकाे हाे।

उक्त कार्यक्रमका लागि सहयोग, समन्वय र सहजिकरण गरिदिन केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई अनुराेध पनि गरेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =