कांग्रेस-एमाले नै अस्थिरताका कारक हुन् : राजेन्द्र लिङ्देन

हिमाल प्रेस १४ भदौ २०८१ १४:०१
10
SHARES
कांग्रेस-एमाले नै अस्थिरताका कारक हुन् : राजेन्द्र लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अस्थिरकताका कारक दलहरू नै अहिले सरकारमा रहेको बताएका छन्। राप्रपा केन्द्रीय सल्लाहकार समितिको बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै लिङ्देनले ठूलो दलको रुपमा जनताको मत प्राप्त गरेका र अहिले सरकारमा रहेका दलहरू नै अस्थीरकताको प्रमुख कारक भएको बताएका हुन्।

उनले अहिले ठूला दलहरू मिलेर दुई दलीय व्यवस्था कायम गर्ने परिकल्पना सामान्य विषय नभएको जिकिर गरे। लिङदेनले सत्ताको दुरुपयोग भएकै कारण मुलुकमाथि उठ्न नसकेको बताए। अब पनि राप्रपाजस्तो पार्टी शक्ति बलियो बनेर नआउने हो भने देश दीर्घकालीन निराशाको खाडलमा जाने र जस्तोसुकै अराजकता उत्पन्न हुने उनको भनाइ छ ।

उनले अहिले अभिभावकको रिक्ततालाई राप्रपाले नेतृत्व लिएर अन्त्य गर्नुपर्नेमा जोड दिए। लिङ्देनले अहिलेको प्रणालीमा व्यापक परिवर्तन गर्नुपर्ने भएकाले राप्रपाले ठीक ढंगले आफूलाई अघि बढाउनुपर्ने उल्लेख गरे।

राप्रपा पनि निष्कृय भए देशका लागि दुर्भाग्य हुने उनको भनाइ छ। उनले सदनमा राप्रपाले ठीक ढंगले आफ्नो काम गरिरहेको  बताए।

प्रकाशित: १४ भदौ २०८१ १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seven =